त्रिविको केन्द्रीय पुस्तकालय उद्घाटन
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको उद्घाटन भएको छ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री डा एस जयशंकरले संयुक्त रुपमा पुस्तकालयको उद्घाटन गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालय, केन्द्रीय पुस्तकालयको नव निर्मित भवनको आज उद्घाटन भएको हो । नेपाल भ्रमणमा रहेका एस जयशङ्करले त्रिवि परिसरमा भएको कार्यक्रममा नयाँ भवनको शुभारम्भ गरेका हुन् ।
भारतीय सहयोगमा निर्मित तीन तले पुस्तकालय भवनमा दुई हजार विद्यार्थीले अध्ययन गर्न सक्ने छन् ।
त्रिवि केन्द्रीय पुस्तकालयका कार्यकारी निर्देशक सागरराज सुवेदीका अनुसार तीन तल्ला नयाँ भवन अपाङ्गमैत्री तथा लिफ्टलगायतका सुविधासमेत छन् ।
नयाँ भवन पाएसँगै पुस्तकालयमा किताब जारी गर्न र फिर्ता भएको पुस्तकको अभिलेख राख्ने विशेष प्रणाली आरएफ आईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टीफिकेसन सिस्टम) समेत जडान हुनेछ । पुस्तकालय कूल सात हजार आठ सय वर्गफिट फराकिलो रहेको जानकारी पनि उनले दिए ।
विसं २०७७ मा पुस्तकालय भवन निर्माण शुरुआत भएको थियो । पुस्तकालयमा भारतीय पुस्तकको छुट्टै कोठासमेत रहने छ । यसबाहेक पुस्तकालयमा ५० वटाभन्दा बढी सङ्ख्यामा कम्प्युटरसमेत अध्ययनकर्तालाई उपयोग गर्न दिइने जनाइएको छ ।
Joined my colleague FM @NPSaudnc at the inauguration of Tribhuvan University Central Library, 25 schools, 32 health facilities and culture sector project.
— Dr. S. Jaishankar (@DrSJaishankar) January 5, 2024
Concrete delivery of the commitments made by PM @narendramodi on Nepal’s post-earthquake reconstruction. pic.twitter.com/wvbtllYYsT
प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार