सर्लाहीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु


 


सर्लाही, पुस २० । सर्लाहीको बरहथवामा प्रदर्शनको क्रममा प्रहरीसंग भएको एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै गरिएको प्रदर्शनका क्रममा भएको झडपमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको हो ।

नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा एक प्रदर्शनकारीको मृत्यु भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले पुष्टि गरे । मृततकको पहिचान खुलेको छैन । त्यक्रममा अन्य केही व्यक्ति घाइते भएको उनले बताए ।

गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्