त्रिविको उपकुलपति नियुक्तिसम्बन्धी विज्ञापन रद्द गर्न निर्देशन


 


काठमाडौँ, पुस २० । प्रधानमन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपति नियुक्ति प्रक्रियाका लागि आह्वान भएको विज्ञापन रद्द गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आज दिउँसो शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं विश्वविद्यालयका सहकुलपति अशोककुमार राईलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विज्ञापन रद्द गर्दै सच्याएर नयाँ सूचना जारी गर्न निर्देशन दिएका हुन् ।

शुक्रवार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोटमा ढोका बन्द हुनसक्ने भन्दै त्यस्तो त्रुटिपूर्ण प्रावधान सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेकोसमेत बताएको छन् ।

शुक्रवार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ९वर्ष, महिना र दिनसमेत० हुनुपर्ने मापदण्ड राखिएको थियो ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्