तलब माग्दै शिक्षक–कर्मचारी अनिश्चितकालीन धर्नामा


 


रौतहट, पुस २० । रौतहटको फतुवा विजयपुर नगरपालिकामा कार्यरत शिक्षक–कर्मचारीहरु तलब माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका छन् ।

तलन नपाएपछि शिक्षक कर्मचारीहरुले नगरपालिका कार्यालय अगाडि तीन दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका हुन् । उनीहरु बुधबारबाट धर्ना छन् ।

जनप्रतिनिधिबीचको आपसी विवादले नगरसभा हुन नसकेपछि शिक्षक कर्मचारीहरुले साउनदेखि तलब पाएका छैनन् ।

जनप्रतिनिधिबीचको बिवादले नगरसभा हुन नसकेपछि कोष तथा नियन्त्रण कार्यालयले बजेट निकाशा दिएको छैन । अहिले नगरपालिकाको कामकाज ठप्प छ ।

तलब नपाएसम्म पहिलो चरणको आन्दोलनस्वरुप दैनिक धर्ना जारी रहने शिक्षक संघ रौतहटका अध्यक्ष रामकृपाल यादबले जानकारी दिए ।

यसअघि पनि तलब माग्दै शिक्षक कर्मचारीले नगरपालिकामा तालाबन्दी गरेका थिए ।

नगरपालिकाका तत्कालीन नगरप्रमुख गोपाल राय यादब राजस्वको रकम हिनामिनाको आरोपमा बिशेष अदालतले दोषी ठहर गरेपछि निलम्बनमा परेका छन् ।

कार्यबाहक अध्यक्ष रहेको उपप्रमुख अमबेय खातुन र जनप्रतिनिधिबीचको विवादका कारण अहिलेसम्म नगरसभा हुन सकेको छैन ।

नगरभित्रका शिक्षक लगायत ३५० को हाराहारीमा कर्मचारीले तलब पाएका छैनन् ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्