ललितपुरमा रित्तो गाग्री बोकेर प्रदर्शन


 


काठमाडौँ, पुस २० । काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले शुक्रबार ललितपुरको मंगलबजारमा रित्तो गाग्रीसहित प्रदर्शन गरेको छ ।

मेलम्चीको पानी लामो समयसम्म पनि नआएको भन्दै समितिको नेतृत्वमा प्रदर्शन गरिएको हो ।

दबाबमुलक कार्यक्रममा स्थानीयहरूले रित्तो गाग्री र भाँडाकुँडासहित नाराबाजी गरेर प्रदर्शन गरे ।

प्रदर्शनकारीले ‘पानीमाथिको चलखेल बन्द गर, पानीमारा सरकार मुर्दाबाद, मेलम्चीको पानी तुरुन्त उपत्यका पठान्तरण गर’ जस्ता नारा लगाएका थिए ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्