हर्क साम्पाङको निमन्त्रणामा धरान पुगे बालेन


 


काठमाडौँ, पुस २० । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) धरान पुगेका छन् ।

शुक्रबारदेखि सुरु भएको ‘धरान डे’ उत्सवको उद्घाटन समाराेहमा भाग लिन मेयर बाले धरान पुगेका हुन् ।

मेयर शाहलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सो उत्सवमा अतिथिका रुपमा निमन्त्रणा गरेका थिए ।

यसअघि सो कार्यक्रमको प्रमुख अतिथिका रुपमा मेयर साम्पाङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता दिएका थिए । तर प्रधानमन्त्री प्रचण्ड व्यस्तताका कारण धरान गएनन् ।

प्रधानमन्त्री धरान जान नसक्ने जानकारी दिएपछि मेयर सम्पाङ आक्रोशित बनेका थिए ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्