एसियाकै सर्वाधिक धनी बने गौतम अदानी, अम्बानीलाई उछिने


 


नयाँ दिल्ली । भारतीय व्यापारी गौतम अदानी एसियाको सबैभन्दा धनी व्यक्ति बनेका छन् ।

भारतीय व्यापारीलार्य समेत उछिन्दै उनी भारत र एसियाकै धनी व्यक्ति बन्न पुगेका हुन् ।

गएको २४ घन्टामा ७ अर्ब ६७ करोड डलर नेटवर्थ थपिएसँगै अदानीको कूल नेटवर्थ ९७ अर्ब ६० करोड डलरमा उक्लिएको छ ।

बिहीबार आदनी ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्समा १४ औं स्थानमा थिए । तर शुक्रबार उनी मुकेश अम्बानीलाई उछिनेर ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्समा १२ औं स्थानमा पुगेका छन् ।

अम्बानी भने ९७ अर्ब डलरसहित सूचीको १३ औं स्थानमा थिए । गएको २४ घन्टामा अम्बानीको नेटवर्थ ६६ करोड ५० लाख डलरले बढेको छ ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्