भारतीय दूतावासलाई २० करोड खर्च गर्न दिने सम्झौता देशहित विपरीत : सांसद पन्त


 


काठमाडौँ, पुस २० । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले भारतीय दूतावासलाई सिधै २० करोड खर्च गर्न दिने सम्झौता देश हित विपरीत भएको बताएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यो सम्झौताको विरोध गरेका हुन् । उनले यो सम्झौताले नेपालको स्वतन्त्रता, आर्थिक सम्पन्नतालाई अवरोध गर्ने दाबी गरे ।

उनले सम्झौताले आन्तरिक मामिलामा बाह्य हस्तक्षेपलाई प्रवेश दिने भन्दै सम्झौतामा पुनः विचार गर्न प्रधानमन्त्री दाहालसमक्ष आग्रह गरे ।

यस्तै उनले भारतीय विदेश मन्त्री आएकै दिन चीनको प्रतिनिधि मण्डल पनि आएको विषयलाई लिएर जयशंकरले असन्तुष्टि व्यक्त गरेको भन्ने कुरा आएको भन्दै यो कूटनीतिक दृष्टिकोणबाट उचित नरहेको बताए ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्