सुनको मूल्य कति छ आज ?


 


काठमाडौं, पुस २० । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ ।

हिजो (विहीबार) प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा नै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्