आज स्वदेश फर्किँदै भारतीय विदेशमन्त्री जयशंकर


 


काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर नेपालको दुईदिने भ्रमण सकेर आज स्वदेश फर्किँदै छन् । उनी दिउँसो साढे १२ बजे स्वदेश फर्किने छन्।

स्वदेश फर्किनुअघि उनले आज बिहान पशुपतिनाथको दर्शन गर्ने छन्।

बिहान सोढ ९ बजे त्रिवि पुस्ताकालय पुग्ने र भूकम्पपछिको पुनर्निर्माण परियोजनाको उद्घाटन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल–भारत संयुक्त बैठकका लागि जययशंकर बिहीबार काठमाडौं आएका थिए । उनले विभिन्न राजनीतिक शीर्ष दलका नेतासँग भेटवर्ता गरेका थिए ।

प्रकाशित मिति: २० पुस २०८०, शुक्रबार

प्रतिक्रिया दिनुहोस्