धम्की दिएर फिरौती माग्ने युवक पक्राउ


 


रौतहट, पुस १९ । ज्यान मार्ने धम्की दिई लक्ष्मीनियाका एक व्यापारीबाट रकम माग्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका ८ का ३४ वर्षिय श्रीभगवान साह छन् । उनले पुस १० गते देखि १८ गते सम्म मोबाइल नम्बर ९८०१५७७५१० बाट एक व्यापारीलाई धम्की दिइ ५ देखि ५० लाख सम्मको रकम माग गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।

पक्राउ परेका साहले व्यापारी र उनका छोराछोरीको समेत ज्यान मार्ने धम्की दिएर बारम्बार रकम माग गरे पछि प्रहरीले घटनामा प्रयोग भएको मोबाइल नम्बरलाई अनुसन्धान गरेर उनलई पक्राउ गरेको डिएसपी गिरीले बताइन ।

प्रवक्ता डिएसपी गिरीले घटनामा अन्य पनि संलग्न व्यक्तिहरुको पहिचान गरी खोजतलाश गर्ने कार्य भइरहेको बताइन् ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्