नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न


 


काठमाडौं, पुस १९ । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सकिएको छ।

दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए।

बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको परराष्ट्रमन्त्री साउदले जानकारी दिए ।

बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो ।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहानै काठमाडौं आइपुगेका आएका थिए ।

मन्त्री जयशंकरले बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्