पूर्वराजा ज्ञानेन्द्र शाहलाई भैरहवामा नागरिक अभिनन्दन


 


भैरहवा, पुस १९ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई रुपन्देहीको भैरहवामा नागरिक अभिनन्दन गरिएको छ ।

विभिन्न ठाउँबाट स्वतस्फूर्त सहभागी भएका नागरिक तथा विभिन्न संघ संस्थाले गरेको झाँकी तथा साँस्कृतिक प्रस्तुतिबीच पूर्वराज शाहलाई नागरिक अभिनन्द गरिएको हो ।

अभिनन्दन कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहसहित, पूर्वरानी कोमल राज्य लक्ष्मी, छोरी प्रेरणा सहभागी भएका छन् ।

पूर्व एमाले नेता डा. रामप्रसाद बस्यालको संयोजकत्वमा भएको नागरिक अभिनन्दन समारोहमा रूपन्देही ३ का प्रतिनिधि सभा सदस्य दीपक बोहराकोतर्फबाट स्वागत मन्तव्य राखे ।
कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापा, पूर्व सांसद गंगा चौधरीलगायतले मन्तव्य राख्दै राज संस्था पुनर्स्थापना गरी देशको नेतृत्व लिन आग्रह गरेका थिए । उनीहरुले राजतन्त्रको पक्षमा जनसमर्थन बढेको दाबीसमेत गरे ।

कार्यक्रममा ‘राजा आउ देश बचाउ’ लगायतको नारा लगाइएको थियो । पूर्वराजा शाह गत पुस ८ गते भैरहवा आइपुगेका हुन् । उनी भैरहवास्थित होटल सिद्धार्थ भिलासामा बसेर धार्मिक तथा व्यक्तिगत भेटघाटलाई तीब्रता दिएका छन् ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्