बाजुरामा गर्भवती महिलामाथि जबरजस्ती करणी, एकजना पक्राउ


 


बाजुरा, पुस १९ । बाजुरामा एक गर्भवती महिलामाथि जबरजस्ती करणीको आरोपमा एक जना पक्राउ परेका छन् ।

जिल्लाको हिमाली गाउँपालिकाकी ३५ वर्षीया एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा जंगसिंह बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी कविन्द्र बोहराले जानकारी दिए ।

आरोपितलाई नियन्त्रणमा लिएर अदालतबाट म्याद समेत थप भइसकेको प्रहरीले जनाएको छ । उनका अनुसार प्रहरीले पीडित महिलाका श्रीमान् रुपचन्द्र सुनार र देवर अम्मर सुनारलाई समेत पक्राउ गरेको छ ।

सुनार पक्षले जवरजस्ती करणीको मुद्दा प्रहरीमा दर्ता गरेको छ भने बुढा पक्षले कुटपिटको मुद्दा दर्ता गराएको छ । दुई पक्षलाई थुनामा राखी अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्