सन्दीपबारे कहिले आउँछ क्यानकाे धारणा ?


 


काठमाडौं, पुस १९ । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछाने पुस २५ गतेपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गर्ने भएको छ ।

क्यानका सचिव पारस खड्काले सन्दीपबारे पुस २५ पछि मात्र क्यानले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका हुन् ।

बलात्कारको मुद्दामा दोषी ठहर भएका लामिछानेको सजाय तोक्न अदालतले २५ पुसमा पेशी तोकिएको छ ।

जिल्ला अदालत, काठमाडौंले गौशाला २६ माथि बलात्कार भएको घटनामा क्रिकेटर सन्दीप लामिछानेलाई गत शुक्रबार दोषी ठहर गरेको थियो । सजाय तोक्नका लागि भने २५ पुसमा पेसी तोकिएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्