काठमाडौंमा नेपाल–भारत संयुक्त आयोगको बैठक सुरू


 


काठमाडौं, पुस १९ । नेपाल भारत संयुक्त आयोगको सातौं बैठक सुरू भएको छ । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा आज (बिहीबार बैठक सुरू भएको हो ।

बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरिरहेका छन् ।

तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो ।

नेपाल र भारतबीच भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना ९एचआइसिडिपी० अन्तर्गतको रकम २० करोड रूपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।

बैठक लगत्तै दुई देशका परराष्ट्रमन्त्रीहरूले १३२ केभीएका तीनवटा प्रशारण लाइनको संयुक्त उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्