१० वर्षीया बालिकालाई पटकपटक बलात्कार, घरबेटी पक्राउ


 


विराटनगर, पुस १९ । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङको सुन्दरहरैँचाबाट एक जनालाई पक्राउ गरेको छ ।

अभिभावकसँग डेरा गरी बस्ने बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दरहरैँचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगरलाई पक्राउ गरेको हो ।

धनकुटा घर भएकी बालिका हजुरबुबा र हजुरआमासँग मगरको घरमा डेरा बस्दै आएकी थिइन् । बालिकालाई मगरले पटकपटक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बालिकाका बुबा विदेशमा छन् भने आमा दोस्रो बिहे गरेर गएकी छन् । अभिभावकले देखेपछि घटना बाहिर आएको हो ।

कसैलाई भने कुटपिट गर्ने धम्की दिएर मगरले बलात्कार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

पीडित बालिकाको स्वास्थ्यमा समस्या देखिएको पाइएकोपछि उपचार र स्वास्थ्य परीक्षणका लागि धरान लगिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्