स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ


 


विराटनगर, पुस १९ । स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित प्रहरीले सुनसरीबाट एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट कोशी गाउँपलिका–३ का २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो ।

राउतको साथबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग हुँदै प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरमाइकलमा इनरुवातर्फ गइरहेका बेला राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्