कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौँ, पुस १९ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमयदर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा छ ।

यस्तै, आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९५ पैसा र बिक्री दर १३३ रुपैयाँ ५५ पैसा छ । युरो एकको खरिद दर १४५ रुपैयाँ २२ पैसा र बिक्री दर १४५ रुपैयाँ ८८ पैसा छ ।

यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ८३ पैसा र बिक्री दर १६८ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्