माओवादी केन्द्रको केन्द्रीय कमिटी १५० सदस्यीय बनाउने प्रस्ताव


 


काठमाडौँ, पुस १९ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी १५० बनाउने प्रस्ताव गरिएको छ ।

विधान मस्यौदा समितिले केन्द्रीय समिति एक सय ५० सदस्यीय बनाउने गरी प्रस्ताव गरेको हो । यस्तै विभागमा रहने सदस्यको सङ्ख्या बढीमा १५ सदस्यीय रहने प्रस्ताव भएको छ ।

जिल्ला समितिलाई क्रियाशील बनाउने र जनवर्गीय संगठनलाई स्वायत्तता दिने प्रस्ताव समेत गरिएको समितिका सदस्य गणेश साहले जानकारी दिए । उनले तयार मस्यौदा शुक्रवार पार्टीमा बुझाउने तयारी रहेको बताए ।

विधानमा माओवादीको केन्द्रीय समिति सदस्य सङ्ख्या २९९ भए पनि बढेर ४११ सदस्यीय भइसकेको छ । माओवादीको जम्बो कमिटी भएको भन्दै पार्टीभित्र टीकाटिप्पणी हुने गरेको छ । यस्तै केन्द्रीय समितिकै तुलनामा प्रदेश, जिल्ला, पालिका र वडा समिति सानो बनाउनुपर्ने प्रस्ताव आएको छ ।

विभागहरू नीति निर्माणमा सहयोग पुग्ने गरी घटाइएको छ । यस्तै पार्टीको नाम पनि यथावत राखिएको छ । यसअघि माओवादीले बाबुराम भट्टराई नेतृत्वको नेसपासँग एकता गर्न कोष्टभित्र रहेको माओवादी केन्द्र हटाउनका विशेष महाधिवेशनमा प्रस्ताव लैजान सकिने परिपत्र जारी गरेको थियो ।

नेकपा विघटनपश्चात् अन्तरिम विधानमा चल्दै आएको माओवादीले पहिलो पटक फागुनको पहिलो साता विधान अधिवेशन गर्दै छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्