सिन्धुपाल्चोकमा ४.७ म्याग्नेच्युडको भूकम्प


 


काठमाडौं, पुस १९ । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.७ म्याग्‍नेच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान १०स्१७ बजे भूकम्प गएको हो ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित तीनकुण्ड केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको हो ।

उक्त भूकम्प काठमाडौं, भक्तपुर, ललितपुर लगायत आसपासका जिल्लामा पनि महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्