सुनको मूल्य घट्यो, कति छ तोलाको ?


 


काठमाडौं, पुस १९ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा एक हजार तीन सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोला ३० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्