तनहुँमा बस पल्टिँयो, चालकसहित ३२ जना घाइते


 


तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका-६ मौरीबारीमा बिहीबार बिहान बस दुर्घटना भएको छ ।

वीरगञ्जबाट पोखरातर्फ आउँदै गरेको वाग्मती प्रदेश ०३-००१ ख १२०६ नम्बरको बस दुर्घटना हुँदा चालकसहित ३२ जना यात्रु घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बस आफैं अनियन्त्रित भई सडकबाट करिब ५६ फिट तल खोलामा खस्न गई दुर्घटना भएको थियो । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पुर्‍याएको छ ।

घाइतेमध्ये २ जनाको गण्डकी अस्पताल पोखरा, एक जनाको मणिपाल शिक्षण अस्पताल पोखरा र २९ जनाको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्र बेलचौतारामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १९ पुस २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्