पानी छिटो ल्याउन माग गर्दै ललितपुरमा प्रदर्शन


 


ललितपुर, पुस १८ । काठमाडौं उपत्यकामा पानीको हाहाकार सृजना गरेको भन्दै ललितपुरमा प्रदर्शन गरिएको छ ।

काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समिति ललितपुरले बुधवार पाटन दरबार क्षेत्रमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले मेलम्चीको पानी तत्काल ल्याउन माग गर्दै नारा लगाएका थिए ।

उनीहरुले ‘पानी मारा सरकार मुर्दावाद’, ‘पानी मारा राजनीतिक पार्टी मुर्दावाद’, ‘मेलम्चीको पानी तुरुन्त खोल’, ‘मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर’ लगायतका नारा लेखिएका ब्यानर बोकेर प्रदर्शन गरेका थिए ।

सङ्घर्ष समितिले पुस २० गते पनि खानेपानीको माग गर्दै ललितपुरमा र्‍याली निकाल्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्