महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई एपोलो डाइग्नोस्टिकमा विशेष छुट


 


काठमाडौं, पुस १८ । महालक्ष्मी विकास बैंक लिमिटेडका सेवाग्राहीहरुल काठमाडौं धुमबाराहीस्थित एपोलो डाइग्नोस्टिक सेन्टरमा सेवा लिए वापत विशेष छुट पाउने भएका छन् ।

बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ एपोलो डाइग्नोस्टिक सेन्टरसंग आफ्नो सेवाग्राहीका लागि यस्तो सम्झौता गरेको हो ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौता अनुसार ग्राहकहरुले हेल्थ प्याकेज र रुटिन टेस्टमा २५ प्रतिशत र आउठ सोर्स टेस्टमा १० प्रतिशत छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै बैंकले डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्