अदालत परिसरबाट ठगी मुद्दाका थुनुवा फरार


 


काठमाडौँ, पुस १८ । काठमाडौँ जिल्ला अदालत परिसरबाट ठगी मुद्दाका थुनुवा भागेका छन् ।

ठगी मुद्दामा थुनछेकका लागि अदालतमा उपस्थित गराइएका कमल खड्का फरार भएका हुन् ।

सिन्धुपाल्चोक घर भएका ३२ वर्षीय खड्काको खोजी भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले अदालतमा उपस्थित गराएको हो । प्रहरीले अनुसन्धान पूरा गरेर अदालतमा मुद्दा दायर गरेको थियो ।

अर्को मुद्दामा कारागारबाट रिहा भएपछि खड्कालाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्