ठूला भूकम्पहरु हामी झेल्न सक्दैनौं, सचेत बनाैं : प्रधानमन्त्री


 


काठमाडौं, पुस १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा ठूला भूकम्पहरु आउन सक्ने भएकाले संरचना निर्माणमा ध्यान दिन सबैमा आह्वान गरेका छन् ।

बुधबार दिउँसो ललितपुरमा आयोजित भूकम्प प्रभावित क्षेत्रमा विपत् व्यवस्थापन तथा पुनर्निर्माण सम्बन्धी बृहत् अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

उनले नेपाल प्राकृतिक दृष्टिले जोखिमयुक्त मुलुक भएको भन्दै विपतको जोखिमबाट बच्न राम्रो पूर्वतयारी आवश्यक रहेको बताए । समयमै तयारी गर्न सकिएन भने ठूलो जोखिमको सामाना गर्नुपर्ने अवस्था आउने उनले बताए ।

‘वर्ष दिनभित्रै जाजरकोट, बझाङ्ग र डोटीमा गएका भूकम्पले यसको पूर्वसंकेत गरेको छ, प्रधानमन्त्रीले भने, ‘मध्यम खालको भूकम्प आउँदा त यस्तो क्षति व्यहोरयौं, २०७२ सालको जत्रो भूकम्प गएको भए त्यसले सिर्जना गर्ने त्रासदी हामीले झेल्न सक्थ्यौं होला ?’

प्रधानमन्त्रीले विपतको पूर्वजोखिम आंकलन गरी त्यसको तयारीमा जुट्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्