बझाङमा अहेव मृत फेला


 


बझाङ, पुस १८ । बझाङमा एक स्वास्थ्यकर्मी मृत फेला परेका छन् ।

केदारस्यु गाउँपालिका–९ स्थित झोेता स्वास्थ्य चौकीमा कार्यरत अहेव ४३ वर्षीय महेन्द्र मल्ल गर्जेपानीस्थित सेती नदीको बिच भाग मृत फेला परेका हुन् ।

सोही गाउँपालिकाको वडा नम्बर १ रायल घर भएका मल्ल मंगलबार साँझ मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्