ट्याक्टरबाट खसेर एक जनाको मृत्यु


 


धनगढी, पुस १८ । कैलालीको लम्कीचुहामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

लम्कीचुहा ननगरपालिका–३ गोराङ्गे स्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका–६ जगतपुर बस्ने बर्ष ६० का देवबहादुर शाहको मंगलबार साँझ मृत्यु भएको हो ।

ट्याक्टरमा ढुङ्गा लोड गरी जगतपुर जाने क्रममा अचानक खस्न गई गम्भिर घाइते भई उपचारको लागि लालरत्न अस्पताल लम्की हुँदै थप उपचारको लागि टिकापुर अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालक जानकी गाउँपालिका–६ जगतपुर बस्ने बर्ष ३६ को दया शंकर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्