झापामा १४ वर्षीया किशोरी बलात्कृत


 


झापा, पुस १८ । झापामा १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार दिउँसो एक जना युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-९ मागुरमाणी बस्ने २८ वर्षीय भूपाल विक छन् ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्