काम लगाइदिन्छु भन्दै बेहोस् बनाएर मिर्गौला बेचबिखन


 


काठमाडौँ, पुस १८ । भारतको कलकत्तामा मःम पसमा काम लगाइदिन्छु भन्दै नेपालबाट मानिस बोलाएर बेहोस पारी मिर्गौला झिकेर बेचबिखन गर्ने एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

नुवाकोट बेलकोटगढी नागरपालिका(१३ ठेगाना भएका ४३ वर्षीय हरि नेपाली भन्ने हरि दर्जीलाई प्रहरीले मानव अङ्ग मिर्गौला बेचबिखन गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको हो । प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दर्जीले भारत कलकत्तामा मःम पसलमा मासिक ३० हजार भारतीय रुपैयाँ तलबमा काममा लगाइदिने भन्ने प्रलोभन देखाई नुवाकोटबाट काँकडभिट्टा हुँदै भारत कलकत्ता पुर्‍याई पीडितलाई झुक्याई अस्पताल लगी बेहोस पारी मानव अङ्ग मिर्गौला झिकी अर्कै व्यक्तिलाई प्रत्यारोपण गरेका थिए ।

त्यसयता फरार रहेका दर्जीलाई मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सात दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्