चितुवाले मारेको भनिएकी वृद्धाको हत्या भएको खुलासा


 


काभ्रे, पुस १८ । काभ्रेमा चितुवाले मारिएको भनिएकी एक वृद्धाको हत्या भएको खुलेको छ ।

जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर १० हल्देमा गत मंसिर ३० गते मृत भेटिएकी स्थानीय ६५ वर्षीया कान्छी दमाईको हत्या गरिएको खुलेको हो ।

टाउकोमा कोतरेको जस्तो घाउ देखिएकोले चितुवाले आक्रमण गरेको अनुमान प्रहरीको थियो ।

प्रहरीले त्यसदिन मुचुल्का गरी शव पोष्टमर्टमको लागि धुलिखेल अस्पतालमा पठाएको थियो।

अस्पतालबाट पोष्टमर्टम रिपोर्टमा हत्याको कारण( ब्लन्ट फोर्स इन्जुरी भन्ने आएपछि उनको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

मृतक कान्छीको कानमा रहेको दुई वटा सुनका मुन्द्रा पनि हराइरहेका थिए । गहना हराएको खुलेसँगै प्रहरीले स्थानीय सुन पलसहरूमा सम्पर्क गर्दा त्यहाँ एक जना व्यक्ति सुन बेच्न आएको पत्ता लागेको थियो ।

सुन बेच्न आएका वडा नम्बर १० बस्ने १७ वर्षीय किशोरलार्य प्रहरीले पक्राउ गरेको छ । उनले मापसे गरेर आइरहेका बेला वृद्धालाई देखेपछि हिर्काएको भन्ने बयान दिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्