नाउपाको पहिलो महाधिवेशन प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने !


 


धनगढी, पुस १८ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को पहिलो महाधिवेशन यही पुस २६ गतेदेखि कैलालीको टीकापुरमा हुने भएको छ ।

बुधबार कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नाउपाका संरक्षक रेशम चौधरीले यही पुस २६, २७ र २८ गते टीकापुरमा पार्टीको प्रथम महाधिवेशन हुन लागेको जानकारी दिए ।

उनले महाधिवेशनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डण्मार्फत् गराउने कार्यक्रम तय भएको बताए । उनले महाधिवेशनमा राजनीतिक दलका शीर्ष नेताहरुसँगै भारतीय जनता पार्टी (भाजपा)का नेतालाई समेत सहभागी गराउने तयारी गरिएको बताए ।

उनका अनुसार महाधिवेशनमा देशका ५२ जिल्लाबाट ८ हजार प्रतिनिधिहरु सहभागी हुने छन् । महाधिवेशनले ३९ जना पदाधिकारी र २४१ जना केन्द्रीय सदस्य चयन गर्ने संरक्षक चौधरीले बताए ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्