सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?


 


काठमाडौं, पुस १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

सुन आज तोलामा दुई सय रुपैयाँ घट्दै प्रतितोला एक लाख २० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख २१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्