जापानको भूकम्पमा परेर मर्नेको संख्या ४८ पुग्यो


 


टोकियो । नयाँ वर्षको दिनमा सी अफ जापानको तटीय क्षेत्रमा गएको शक्तिशाली भूकम्पपछिको क्षति स्पष्ट हुँदै गएको छ ।

इशिकावा प्रिफेक्चरमा भूकम्पमा परी कम्तीमा ४८ जनाको मृत्यु भएको छ ।

इशिकावा, निगाटा, फुकुई, टोयामा र गिफु प्रान्तमा धेरै जना घाइते भएका छन्, घाइतेहरूको सूची संकलन भइरहेको जापानी समाचार संस्था एनएचकेले जनाएको छ ।

आपतकालिन विभागका अधिकारीहरूले वाजिमा सहरमा घरहरूसहित २५ भवनहरू ध्वस्त भएको बताएका छन् । उनीहरूका अनुसार १४ वटा संरचनामा मानिसहरू फसेको हुनसक्छ । उनीहरूको उद्धारका लागि आपतकालिन विभागले प्रयास गरिरहेको छ ।

प्रकाशित मिति: १८ पुस २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्