तीनवटा बीमा कम्पनीलाई कारबाही, कुन कुन परे ?


 


काठमाडौं, पुस १७ । नेपाल बीमा प्राधिकरणले तीन वटा निर्जीवन बीमा कमपनीहरुलाई कारबाही गरेको छ ।

प्राधिकरणको सञ्चालक समिति बैठकले आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड र राष्ट्रिय बीमा कम्पनीलाई कारबाही गरेको हो ।

यी कम्पनीहरुलाई २–२ लाखको दरले जरिवाना गरिएको प्राधिकरणले जनाएको छ । यी कम्पनीहरुले उधारो बीमा गराएको पाइएको प्राधिकरणले जनाएको छ ।

साथै दाबी भुक्तानीका समयमा समेत बीमितलाई दुःख दिने गरेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्