बुटवलमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु


 


बुटवल, पुस १७ । बुटवलमा बसको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल भैरहवा सडक खण्डमा पर्ने बुटवलको मिलन चोकमा लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।

बसको ठक्करबाट अन्दाजी ४० वर्षीय पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन ।

मृतकको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्