भारतले पपुवा न्यूगिनीलाई दियो १० लाख डलर बराबरको सहायता


 


नयाँ दिल्ली । भारतले पपुवा न्यूगिनीलाई १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको छ ।

पपुवा न्यूगिनीमा ज्वालामुखी विस्फोटबाट प्रभावितहरुका लागि सहयोगस्वरुप भारतले १० लाख अमेरिकी डलर बराबरको सहायता प्रदान गरेको हो ।

भारतीय सहयोगमा ११ टनको राहत सामग्री र ६ टनको स्वास्थ्य समग्री रहेको छ ।

राहत सामग्रीमा त्रिपाल, स्लिपिङ म्याट, खानेकुरा, पानी जम्मा गर्ने ट्यांकीजस्ता सामग्री रहेका छन् भने स्वास्थ्य सामग्रीमा अत्यावश्यक औषधि, शल्यक्रियाका लागि आवश्यक उपकरण छन् ।

सहायता लिएर भारतीय विशेष विमान पपुवा न्यूगिनी पुगेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । पपुवा न्यूगिनीमा हालै भएको ज्वालामुखी विस्फोटनबाट २६ हजारभन्दा धेरै मानिसहरु प्रभावित भएका थिए ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्