रूस–युक्रेन युद्धमा थप तीन नेपालीको मृत्यु भएको पुष्टी


 


काठमाडौं, पुस १७ । रूस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले थप तीन जना नेपालीको मृत्यु भएको जानकारी दिए । उनका अनुसार स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको मृत्यु छ ।

स्याङ्जाका अर्याल वालिङ नगरपालिका वडा नम्बर १४ का हुन् । वडाध्यक्ष राजु कुँवरले उनी गत कात्तिक ३ गते मात्रै रूस गएको जानकारी दिए । अर्याल पूर्वसैनिक रहेको पनि वडाध्यक्ष कुँवरले बताए ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्