चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या ह्वात्तै घट्यो


 


बेइजिङ । दुई मुलुकबीचको सम्बन्ध चिसिँदै जाँदा चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्यामा कमी आएको पाइएको छ ।

भ्वाइस अफ अमेरिकाका अनुसार चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्यामा उल्लेख्य गिरावट आएको छ ।

हालै एक सम्बोधनका क्रममा चीनका लागि अमेरिकी राजदूत निकोलस बन्र्सले ६–७ वर्षअघि चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या १५ हजारसम्म रहेपनि सन् २०२२ मा यो घटेर २५० मा खुम्चेको छ । सन् २०२३ मा भने यो केही बढेर ७०० सम्म पुगेको उनको भनाइ छ ।

अमेरिकी आन्तरिक राजनीतिमा चीनप्रतिको धारणा नकारात्मक हुँदै जाँदा चीनमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीको सङ्ख्या पनि घटेको बताइएको छ ।

पछिल्ला केही वर्षमा कोरोना भाइरसको महामारीका कारण चीन र अमेरिकामा एक अर्को मुलुकका विद्यार्थीले कठिनाइको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्