बालेनले गरे आफ्नै सचिवालयका प्रमुखसहित तीनजना कर्मचारीलाई निलम्बन


 


काठमाडौं, पुस १७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा अनियमितता गरेको भन्दै निलम्बन गरेका छन् ।

मेयर शाहले आफ्नै सचिवालय प्रमुख नुरनिधि न्यौपाने, स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेल र वरिष्ठ शाखा अधिकृत भगवती बिडारीलाई निलम्बनमा परेका हुन् ।

त्यस्तै मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई बिदामा बस्न निर्देशन दिएका छन् ।

महानगरपालिका स्रोतका अनुसार महानगरको कार्यपालिकाले गरेको निर्णय प्रमाणीकरण गर्दा नियतवश फरक ब्यहोरा लेखिएको आशंका छ ।

प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी समेत यो प्रकरणमा जोडिएपछि मेयर आफैंले यसको छानबिन थालेका हुन् ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्