उदयपुरको बेलकाबाट अवैध लागूऔषधसहित एक जना पक्राउ


 


उदयपुर, पुस १७ । उदयपुरको बेलकाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

बेलका नगरपालिका–१ बाट प्रहरीले चौडण्डीगढी नगरपालिका–१ बेलटार बस्ने २६ वर्षीय योगेन्द्र खत्रीलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनको साथबाट ब्राउनसुगर ८ सय २० मिलिग्राम, चरेस ४ ग्राम १ सय ९० मिलिग्राम र ईस्पास्मो १५ ट्याब्लेट बरामद गरेको छ ।

प्रहरी चौकी भागलपुरबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ
गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्