ग्रेड कटौतीविरुद्ध प्रहरीका वरिष्ठ सईहरू सर्वोच्चमा


 


काठमाडौँ, पुस १७ । आफूले पाउनुपर्ने ग्रेड रकम नपाएको भन्दै प्रहरीका वरिष्ठ प्रहरी नायव निरीक्षक ९वरिष्ठ सई० हरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रहरीबाट राजीनामा दिएर र अवकाश पाएका पूर्व वरिष्ठ सईहरू पनि अदालतमा पुगेका छन् । अवकाश प्राप्त सुफतमान राई, राम करन गुप्ता, सुरेश कुमार राई र ओमप्रकाश शाक्य सहितका जुनियर अधिकृतहरूले दायर गरेको रिटमा पुस १६ मा सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कारण देखाऊ आदेश जारी गरेका छन् ।

बहालमा रहेका वरिष्ठ सई विनय बहादुर चन्द सहित १४ जनाले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । प्रहरी नायव निरीक्षकले हाल तलबमा ८ ग्रेड थप सेवा सुविधा पाउँछन् । तर, वरिष्ठ प्रनानीहरुले २ ग्रेड मात्र पाउने गरेको उनीहरूको गुनासो छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्