सिन्धुलीमा एक जना महिलाको शव फेला


 


काठमाडौं, पुस १७ । सिन्धुलीमा एक जना महिलाको शव फेला परेको छ ।

जिल्लाको कमलामाई नगरपालिका(५ आहाले बसन्तेमा मंगलबार बिहान साढे ३ बजे ३८ वर्षीया साबित्री तोलाङ्गेको शव फेला परेको हो ।

सोमबार दिउँसो १ बजे घरमा कसैलाई नभनी हिँडेकी साबित्री मंगलबार बिहान मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए । थिइन्। उनका अनुसार उनी रातिसम्म पनि नफर्किएपछि श्रीमान केशव उनको खोजी गर्न निस्किएका थिए ।

खोजी गर्नेक्रममा घरदेखि उनको शव अन्दाजी ८ सय मिटर पूर्वमा रहेको एक गोठमा राखेको परालमा मृत अवस्थामा फेला परेको हो ।

शव पोष्टमर्टमको लागि सिन्धुली अस्पताल पुर्‍याइएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्