कांग्रेस र माओवादीबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल


 


काठमाडौं, पुस १७ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच राष्ट्रिय सभा सिट बाँडफाँटबारे छलफल भएको छ ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि सिट बाँडफाँटका विषयमा गर्न मंगलबार बिहान बालुवाटारमा दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको हो।

छलफलमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापतिसमेत रहेका उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र प्रमुख सचेतक रमेश लेखक सहभागी थिए।

साथै माओवादीका तर्फबाट अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन सहभागी थिए।

छलफलमा कुन प्रदेशमा कुन दलको मतभार कति छ भन्नेबारे प्रारम्भिक छलफल भएको त्यहाँ सहभागी एक नेताले बताए । उनका अनुसार अब सत्ता गठबन्धन दलहरूसँग सामूहिक छलफल गरेर सिट बाँडफाँटबारे निर्णय हुनेछ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्