सिटिजन लाइफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा
काठमाडौं, पुस १७ । सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी सातौं वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन् ।
हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब ७५ करोड रूपैयाँ रहेको छ ।
प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार