रौतहटमा ट्यांकरले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु


 


काठमाडौं, पुस १७ । रौतहटमा तेल बोक्ने ट्यांकरले अटोरिक्सालाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

जिल्लाको चन्द्रनिगाहपुरस्थित पूर्वपश्चिम राजमार्ग चिडिया दहचोकस्थि सोमबार राति साढे ७ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।

ज १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २(०३(००१ ख १९२७ नम्बरको अटो गाडीलाई ठक्कर दिएको थियो। ठक्कर दिँदा घाइते भएका अटोमा सवार ६ जनामध्ये ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश राम को उपचारको क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको हो ।

अन्य घाइतेको उपचार जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्