भारतीय अन्तरिक्ष यान ब्ल्याक होलतर्फको सफल यात्रामा


 


नयाँदिल्ली । भारतले ब्ल्याक होल अनुसन्धानका अभियानको सफलतापुर्वक प्रक्षेपण गरेको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इशोरों)ले सोमबार ब्ल्याक होलको अध्ययन गर्ने अभियान सफलतापूर्वक प्रक्षेपण गरेको हो ।

‘एक्स रे पोलारिमिटर उपग्रह दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाको सतीश धवन अन्तरिक्ष केन्द्रबाट ध्रुवीय उपग्रह प्रक्षेपण वाहन पिएसएलभी–सी ५८ लाइ स्थानीय समय अनुसार ९:१० मा प्रक्षेपण गरिएको थियो,’ इशोरोले एक विज्ञप्तिमार्फत भनेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो मिसनले खगोलीय स्रोतहरूबाट ब्रह्मांडीय एक्सरेहरूको ध्रुवीकरण अध्ययन गर्न भारतको पहिलो समर्पित वैज्ञानिक प्रयासलाई देखाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्