मुद्दा मिलाइदिने भन्दै १० लाख १६ हजार ठगी गर्ने शर्मा पकाउ


 


काठमाडौं । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । बैकिङ कसुरको मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा महोत्तरी घर भई काठमाडौंको तीनकुने बस्ने ५४ वर्षीय रत्नेश्वर प्रसाद शर्मा पक्राउ परेका हुन् ।

शर्माले बैकिङ कसुर मुद्दामा थुनामा रहेका जाहेरवालासँग कुरा गरी न्यायाधीशहरू आफ्नो सहपाठी भएको र जाहेरवालालाई सजिलै उक्त बैकिङ कसुर मुद्दामा कानुनी उन्मुक्ति दिलाउने भन्दै ठगी गरेको आरोप छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार शर्माले विभिन्न बैक खाता समेतमा रकम जम्मा गर्न लगाई १० लाख १६ हजार रुपैयाँ लिई ठगी गरेको जानकारी दिएको छ ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार थापागाउँबाट पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्