जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको मृत्यु


 


एजेन्सी । जापानमा गएको शक्तिशाली भूकम्पमा परि ६ जनाको मृत्यु भएको छ ।

भूकम्प प्रभावित इशिकावा प्रान्तमा ६ जनाको मृत्यु भएको हो ।

जापानमा हिजो ७ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि ठूलो सुनामी जान सक्ने चेतावनी समेत दिइएको थियो ।

सुनामीको त्रासमा इशिकावाको तटीय क्षेत्रका बासिन्दाले विस्थापन केन्द्रमा रात बिताएका छन् ।

प्रकाशित मिति: १७ पुस २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्